वानडे विश्वकप : इंग्ल्यान्डले न्युजिल्याण्डलाई दियो २८३ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज १८ गते १८:४८

काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले न्युजिल्यान्डलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ ।
इंग्ल्यान्डका ब्याटिङमा जोय रुटले ७७ रन बनाए । न्युजिल्यान्डका बलर म्याट हेन्री, मिचेल सन्तार र ग्लेन फिलिप्सको उत्कृष्ट बलिङको सामुन्ने अन्य ब्याटर टिक्न नसक्दा निर्धारित ५० ओभरमा इंग्ल्यान्डले ९ विकेट गुमाएर २८२ रन बनायो ।
रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर जोनी बेरिष्टले ३३, डेविड मलानले १४, कप्तान जोस बट्लरले ४३ रन बनाए ।
न्युजिल्यान्डका म्याट हेन्रीले ३, मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २,२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।
अहिले न्यूजिल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया