तिलोत्तमाले पायो जापनिज संस्था ‘मेयर फर पिस’ को सदस्यता

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’ को सदस्यता प्राप्त गरेको छ। तिलोत्तमाले स्थानीय तहहरूको समृद्धिका लागि एकबद्ध हुने उदेश्यसाथ स्थापित् शान्ति र विकाकासका लागि अघि बढेको संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए ।
संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सदस्यता पाएका छन् ।
सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा बनेको संस्थामार्फत मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन्।
जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ। नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताए ।

















भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया