८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं । काठमाडौंको जोरपाटीमा आफ्नै ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । पक्राउ परेका बाबुविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ । हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी लिइएको छ ।
घटना भने एक वर्ष अगाडीको हो । तर बाबुविरुद्ध आमाले प्रहरीमा उजुरी भने २०७९ माघ ८ गते दिएकी थिइन् । उनले आफ्नै पतीले छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्विरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।
बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । श्रीमान्श्री-मती दुबै गलैँचा कारखानामा काम गर्दै आएका थिए ।
पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् । समय-समयमा घरायसी विवाद हुँदा श्रीमतीले आफूलाई फसाउने गरेको उनको बयान छ । भदौ १४ गते छोराको जन्मदिन मनाएर त्यसमा संकलन भएको पैसा लिएर आफू ललितपुरको चापागाउँमा गलैँचा कारखानामा काम गरेर बसेको र भदौ २३ गते कोठामा फर्कँदा श्रीमतीले प्रहरी लगाएर पक्राउ गरेको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया