मंगलबार, चैत १७, २०८२

विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्डलाई दियो २८७ रनको लक्ष्य

मेरोन्यूज २०८० असोज १९ गते १८:०९

काठमाडौँ । विश्वकप क्रिकेटको द्रोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्डलाई जितका लागि २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद साकिलले अर्धसतकीय पारी खेले । अन्य ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न नसक्दा पाकिस्तान सस्तैमा समेटियो ।

रिजवानले ७५ बलमा ६८ रन बनाए । त्यस्तै साकिलले पनि ५२ बलमा ६८ रन नै बनाए ।

पाकिस्तानका लागि फकर जमान १२ इमाम उल हक १५ कप्तान बाबर आजाम ५ इफ्तिकर अहमद ९ मोहम्मद नवाज ३९ शदाव खान ३२ साहिन साह अफ्रिदी १३ र हरिस रफले १६ रनको योगदान दिए ।

बलिङमा नेदरल्याण्डका बास डे लिडेले ४ कोलिन अकेरमनले २ तथा आर्यन दत्त लोभन भान बिक र पाउल भान मेकेरेनले एक एक विकेट लिए ।

प्रतिक्रिया