सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।
अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्गलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
कृष्णकुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अदालतले दोलखाको मेलुङ गाउँपालिका–३ का रामकुमार भुजेल, दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने सुब्बा सरोज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सुन प्रकरणमा २६ जना थुनामा रहेकोमा रुक्मणि सुब्बालाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको थियो । तीमध्ये ३ जना फरार छन् ।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया