आइतबार, माघ २५, २०८२

सेती नदीमा दुई बालक बेपत्ता

मेरोन्यूज २०८० असोज २० गते १३:२८

बैतडी । सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका- ७ पिपल्ला बस्ने ८ वर्षीया खुशी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा दीपायलस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

बेपत्ता दुवैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया