एसियाली खेलकुद : नेपाललाई करातेमा पहिलो रजत पदक
एसियाडकै इतिहासमा एरिकाले नेपाललाई दिलाइन् करातेमा पहिलो रजत

हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदमा नेपालले पहिलो रजत पदक जितेको छ । करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।
यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।
उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।
एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।
एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।
नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया