मंगलबार, चैत १७, २०८२

एसियाली खेलकुद सकियो : कुन देशले कति पदक जिते ?

मेरोन्यूज २०८० असोज २१ गते १२:२६

काठमाडौं । चीनले आयोजना गरेको १९औं एसियाली खेलकुद (एसियाड)का सबै खेल सकिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

असोज ६ गतेदखि सुरु भएको खेलमा चीन सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रहेको छ । चीनले अन्तिम दिन आज आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण पुर्याएको हो ।

यस्तै दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्यसहित १८८ पदक जितेको छ। दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ।

यस्तै २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित १०७ पदक जितेर भारत चौथौ स्थानमा छ।

नेपालले करातेमा १ रजत र कबड्डीमा १ कास्यसहित २ पदक जितेको छ।

यसपटकको खेलमा सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जिते भने ४१ देशले पदकको खाता खोले। ४ देशले पदक जित्न सकेनन् । पदक नजित्नेमा साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टे रहेका छन् ।

एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका थिए ।

समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा आजै हुने भएको छ । कार्यक्रम नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। समारोहमा चिनियाँ प्रधानमन्त्री लि क्वान सहभागी हुनेछन्।

खेलकुद समापन समारोहमा ऐतिहासिक रजत पदक विजेता नेपालकी कराते खेलाडी एरिका गुरुङले नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन्।

खेलको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए।नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी थिए।

प्रतिक्रिया