त्रिविले २२ र २३ असोजमा पीएचडी फेस्टिभल गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २२ र २३ असोजमा पीएचडी फेस्टिभल गर्ने भएको छ । केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुती दिने डीन प्रा.डा.विनिल अर्यालले जानकारी दिए ।
फेस्टिभलमा सबैले एक अर्काको कुराहरु सुन्न सुनाउन पाउने भएकाले एक अर्काबीच सहकार्य गर्ने वातावरण बनाउने उनको भनाइ छ ।
प्रा.डा. अर्याल भन्छन् ‘विज्ञानका सबै विषयका शोधकर्ताबीच अनुभव साटासाट गर्ने अवसर हो । दुई अथवा तीन डीस्प्युन मिलेर समाजमा प्रभाव पर्ने खालको बृहत अनुसन्धान गर्नको लागि हो ।’
फेस्टिभलमा पीएचडीको हरेक पक्षमा सैद्धान्तिक पक्ष, व्यवहारीक पक्षमा आलोचनात्मक छलफल हुने भएकोले यसले आगामी दिनमा थप प्रभावकारी अनुसन्धानको वातावरण बनाउने डीन अर्यालले बताए ।
संस्थानको १२ वटा प्राणीशास्त्र, वनस्पति विज्ञान, फुड टेक्नोलोजी लगायतका केन्द्रिय विभागमा ४५६ जना पीएचडी अध्ययनरत सबै जनाले २२ र २३ गते ‘पोस्टर प्रेजेन्ट’ गर्ने संस्थानले जनाएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया