आइतबार, माघ २५, २०८२

टिभीभित्र सुन लुकाएर ल्याएका धामी पक्राउ

मेरोन्यूज २०८० असोज २२ गते १९:०३

काठमाडौं । टेलिभिजनभित्र सुन लुकाएर ल्याउने सिन्धुलीका नवराज धामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत काठमाडौं आएका धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डले जानकारी दिए ।

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा धामी पक्राउ परेका हुन् ।

अवैध सुन टिभीभित्र लुकाएर ल्याएका धामीमाथि अनुसन्धान जारी रहेको डा. पाण्डेले बताए ।

प्रतिक्रिया