सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
मेरोन्यूज
२०८० असोज २४ गते ११:१५

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
आइपीओ बाँडफाँड अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया