मंगलबार, चैत १७, २०८२

खेलाडीले विश्व रेकर्ड बनाएर नेपालको नाम राखे : प्रधानमन्त्री

खेलाडीलाई पुरस्कार दिने रकम आजको मन्त्रिपरिषदद्वारा निकासा

मेरोन्यूज २०८० असोज २४ गते १९:१२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीले विश्व रेकर्ड बनाएर नेपालको नाम राखेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार आयोजित खेलाडी सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलका कारण नेपाललाई विश्वले देखेको बताए । ‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ।’

प्रधानमन्त्री दाहालले आगामी बजेटमा खेल क्षेत्रका लागि विशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । ‘सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु,’ प्रधानमन्त्री दाहालले भने ।

खेलाडीको प्रत्साहनका लागि घोषणा गरेका दिने घोषणा गरेको रकम आजको मन्त्रिपरिषद् बैठकबाट निकासा गर्ने निर्णय भएको जानकारी दिए । ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो,’ दाहालले भने, ‘एक हप्तामा त्यो अर्थबाट आउनेछ।’

अहिलेको यसियाडमा नेपालको उपस्थिति र प्रस्तुति राम्रो भएकोले केहि अन्तर्राष्ट्रिय रेकर्ड राख्न खेलाडीहरू सफल भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया