विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध भारतको सहज जित

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई सहज रुपमा हराउँदै भारतले दोस्रो जित निकालेको छ । कप्तान रोहित शर्माले ८४ बलमा १३१ रन बनाएपछि भारतले अफगानिस्थानलाई सहजै हराएको हो ।
यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई हराएको भारतको यो दोस्रो जित हो ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनाएको थियो । २७३ रनको लक्ष्य पच्छाएको भारतले ३५ओभर २ विकेट गुमाएर लक्ष्य भेट्टायो । भारतका लागि ओपनर इशान किसानले ४७, विराट ५५ कोहलीले ५५ र श्रेयश ऐरले २५ रन बनाए ।
अफगानिस्तानका लागि राशिद खानले दुई विकेट लिए ।
दिल्लीमा भएको खेलमा अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनायो । अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह साहिदी र अजमतुल्लाह ओमरजाईले अर्धशतकीय पारी खेले ।
साहिदीले ८८ बल खेलेर ८० रन बनाए भने ओमरजाईले ६९ बल खेलेर ६२ रन बनाए । बाँकी ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा टिमले प्रतिष्पर्धात्मक स्कोर बनाउन सकेन ।
भारतका लागि जशप्रित बुमराहले ४, हार्दिक पाण्डेले २ तथा शार्दुल ठाकुर र कुलदिप यादवले एक, एक विकेट लिए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया