गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले यस्ता प्रतियोगिताले स्वास्थ्यका साथै युवाको व्यक्तित्व विकासमा पनि सहयोग पु¥याउने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया