बुधबार, वैशाख ९, २०८३

घट्यो नेप्से, बढ्यो कारोबार रकम

मेरोन्यूज २०८० असोज २५ गते १६:०५


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ।

Advertisement
NiccNicc

आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.९५, फ्लोट इण्डेक्स १.४५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९२ स्टकको ६२ हजार ४६ पटकको कारोबारमा १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर १० प्रतिशत बढेर कारोबार भएको छ । भगवती र मिड सोलु आजबाट कारोबारमा आएका हुन्। एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिटि होटलको मूल्य सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया