कोशी विवादबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

काठमाडौं । कोशीमा मुख्यमन्त्री चयनमा दुई पक्ष देखिएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
शुक्रबार ३ बजेपछि देउवाको निजी निवास, धुम्बाराहीमा देउवाले बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल हुने पौडेलले बताए ।
देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार साँझ ५ बजे सकिँदैछ ।
कांग्रेस सांसद कार्कीले मुख्यमन्त्रीमा पेस गरेको दाबीमा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ ।

















‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया