मणिपाल अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान

काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने दुई जना कारागार चलान भएका छन्।
कास्की जिल्ला अदालतले शुक्रबार पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने छावा भन्ने शुशिल कार्की र पोखरा ५ मालेपाटन बस्ने विनय गुरुङलाई कारागार चलान गर्ने आदेश दिएको हो ।
इजलासले सात जनासँग धरौटी माग गरेको छ। घटनामा संलग्न संजय पिडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदिप गुरुङसँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्तिहरू फरार रहेका प्रहरीले जनाएको छ।
यही असोज ७ गते लमजुङको सुन्दरबजार नगरपालिका ६ बस्ने वर्ष ५७ की सुक माँया दुरा स्वास प्रस्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई उपचारको लागि पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उपचारको क्रममा ८ गते डाक्टरले मृत घोषणा गरेका थिए।
घटनामा मृतकका आफन्तहरूले उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भएका थिए।
सोही क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा मणिपाल शिक्षण अस्पताल तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जनालाई पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा सरकारी वकिल कार्यालय मार्फत कास्की जिल्ला अदालतमा मुद्दा चलाएको थियो।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया