प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा तथा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । बेलायतका चिफ अफ द जनरल स्टाफ पट्रिक सन्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।
बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।
उनले रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमाण्डेडहरुसँग भेट गरेका थिए । त्यस्तै उनले ब्रिगेड अफ गोर्खाज हेडक्वाटर्सको भ्रमण गरेका थिए।
प्रधानसेनापति बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उनको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए ।
















काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया