कोशीमा कांग्रेसका राई र एमालेबाट राना मन्त्री बन्दै
मेरोन्यूज
२०८० असोज २८ गते १४:०१

काठमाडौं । कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथपछि आजै सोनो मन्त्रिमण्डल गठन गर्ने भएका हुन्।
कोशी सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार दुईजना मन्त्री बन्न लागेका हुन् ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने भएकाे बुझिएको छ । उनीहरू दुवैजना इलामका हुन्।
कांग्रेसका प्रदेश सभा सदस्य कार्की नेता डा.शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना सांसदहरुको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीको पक्षमा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ जनाले सनाखत गरेको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित
















‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया