आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ।
नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। जसका लागि नेपाल राष्ट्र बैँकले आजदेखि नयाँ नोट सटही सुविधा सर्वसाधारणलाई दिदैँछ ।
बैँकले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको छ ।
उपत्यका बाहिरको हकमा भने राष्ट्र बैँकको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैँकका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यवस्था मिलाइएको छ ।
राष्ट्र बैङ्कले हरेक बर्ष दशैँ अगावै चाडवाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएको छ ।
प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।














टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया