आइतबार, मंसिर ७, २०८२

श्रृंखला खतिवडाले सार्वजनिकरुपमा स्वीकारिन् प्रेम सम्बन्ध

मेरोन्यूज २०८० असोज २९ गते १०:४५

काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमार्फत सम्भव सिरोहियासँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

श्रृंखला सामाजिक सञ्जालमार्फत सम्भवसँगका विभिन्न फोटो-भिडियोहरु सार्बजनिक गर्दै आफ्नो सम्भवसँग प्रेममा रहेको जानकारी गराएकी छन् ।

उनीहरुले केही समयदेखि डेट गरिरहेको सामाजिक सञ्जालमा चर्चा हेन गरेको भएपनि सार्वजनिक रुपमा खुलाएको यो पहिलो पटक हो ।

प्रतिक्रिया