आइतबार, पुष ६, २०८२

सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक फेला

मेरोन्यूज २०८० असोज २९ गते २०:४७

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।

गएको शुक्रबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मन नागरिक डा. साखर गम सोमबार लबुचेमा फेला परेका प्रहरीले जनाएको छ । एक्लै खुम्बु भ्रमणमा आएका ७६ वर्षका गमलाई लबुचेमा रहेको एक होटलमा बिरामी अवस्थामा फेला पारिएको हो ।

गएको शुक्रवबार काठमाण्डौबाट जहाजमार्फत लुक्ला ओर्लिएका उनी सम्पर्कविहीन भएका भन्दै नेपालमा रहेको जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेको थियो । त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार सङ्गठनलगायतले खोजी गरेका थिए ।

प्रतिक्रिया