बुधबार, वैशाख ९, २०८३

उपत्यकाका पम्पले बिनाजानकारी मूल्य घटाएको विरोधमा रोके पेट्रोल बिक्री

मेरोन्यूज २०८० असोज २९ गते २१:१६

काठमाडौं । सोमबार उपत्यकालगायत केही जिल्लाका पेट्रोल पम्पहरूले पेट्रोल विक्रिवितरण रोकेका छन् । उपत्यकाका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो ।

Advertisement
NiccNicc

आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय आफूहरूसँग सल्लाहबिना गरेको भन्दै पम्पहरूले बिक्री रोकेका हुन् । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।

पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए । आफूलाई मात्रै २ लाख ६० हजार रूपैयाँ घाटा लागेको उनले बताए । तर, खड्काले आफूहरूले आपूर्ति व्यवस्थामा खलल नपुर्‍याएको दाबी पनि गरे ।

देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।

प्रतिक्रिया