सोमबार, माघ २६, २०८२

एनआरएनएलाई राष्ट्रपतिका पाँच सुझाव

मेरोन्यूज २०८० असोज ३० गते १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीहरुलाई नेपालका लागि ५ क्षेत्रमा काम गर्न सुझाएका छन् । गैरआवसीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्वसम्मेलनलाई काठमाडौंमा समुद्घाटन गदैं राष्ट्रपति पौडेलले दुई विषयमा मुख्य जोड गरेर र थप तीन विषयमा बहुपक्षिय साक्षेदारीमा लगानी नै आर्कर्षित गरेर समृद्ध नेपालका लागि काम गर्न आग्रह गरेका हुन् ।

पौडेलले गैरआवसीय नेपालीसँग जोड दिएर भनेका दुई प्रमुख सुझाव यस्ता छन्
पहिलो – नेपाल बाहिर रहेर जीवनयापन गर्दा आफना सन्ततीलाई आफनो भाषा, सस्कृतीबारे सचेत गराउनुस् ।

दोस्रो नेपाल प्राकृतिक रुपमा अग्ला सगरमाथा लगायतका कारण विश्वसामु चिनिदैं आएको बेला जलवायु परिवर्तनले पारेको असरका बारेमा सचेत बन्दै जैवीक विविधता, पर्यावरणलाई सुरक्षित राख्न सहयोगी बन्नुस्

राष्ट्रपति पौडेलले यी विषयमा जोड दिईरहँदा उनले नेपालको विकासका लागि आफुसँग भएको दक्षता, सीप र लगानी केन्द्रीत गर्न पनि थप सुझाव एनआरएनएलाई दिएका छन् ।

उनले बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व भएको भन्दै एनआरएनएहरुलाई त्यसमा सहयोगी बन्न आग्रह गरेका हुन् । ‘तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ,’ राष्ट्रपतिको तेस्रो सुझाव थियो ।

पौडेलले नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्र्न पनि आग्रह गरे । पौडेलको चौथो सुझाव थियो –‘लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुस् र तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु ।’


पौडेलले पाँचौ सुझावका रुपमा भने तनुहँको आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजना बनाउन पनि एनआरएनएसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया