बुधबार, वैशाख ९, २०८३

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍याे नयाँ ब्याजदर

मेरोन्यूज २०८० असोज ३० गते १२:३९

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

Advertisement
NiccNicc

सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै रेमिट्यान्स खातामा११ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले सार्वजनिक गरेको ब्याजदर उल्लेख छ ।

प्रतिक्रिया