त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान-अवतरणमा कीर्तिमान
मेरोन्यूज
२०८० असोज ३० गते १४:२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा हिजो (सोमबार) एकै दिन अहिलेसम्मकै धेरै उडान र धेरै यात्रुले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार सोमबार एकैदिन ११४ उडान भएको हो। जुन एक दिनको उडान तथ्यांकअनुसार अहिलेसम्मकै सर्वाधिक हो।
११४ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरेका छन्। एकै दिन यति धेरै संख्यामा हवाई यात्रा गरेको रेकर्ड पनि अहिलेसम्मकै उच्च रहेको विमानस्थल कार्यालयले जनाएको छ।
नेपालीहरुको महान पर्व दशैंको चहलपहल बढेपछि अहिले विमानस्थल व्यस्त छ।
अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।
सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया