सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माग्यो सुझाव

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले त्यससम्बन्धी कानून परिमार्जन र संरचनात्मक सुधारका लागि सुझाव माग गरेको छ ।
बुधबार एक सुचनामार्फत आयोगले विदेशबाट इलेक्ट्रोनिक सिगरेट र ‘ब्रेकसु’ मा समेत सुन राखी अवैध पैठारी गरिएको लगायतका पटक-पटक भइरहेको सुन तस्करीसम्बन्धी मुद्धाहरुमा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेश लगायतका विषयमा कुनै सुचना वा सुझाव भए उपलब्ध गराउन आग्रह गरेको हो ।
आयोगले कार्तिक मसान्त भित्र सुझाव पठाउन आह्वान गरेको छ ।
सरकारले गत १४ असोजमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहेको चार सदस्यीय आयोग गठन गरेको थियो ।
सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले असोज १७ बाट काम थालनी गर्दै आएको छ ।
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया