माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड मिति तय

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपीओ आगामी शुक्रबार कात्तिक ३ गते बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बाँडफाँडको तयारी शुक्रबार गर्ने बताएको छ । आइपीओ प्रि अलोटमेन्ट भने सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।
असोज १८ गतेदेखि असोज २२ गतेसम्म १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो ।
















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया