विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग अफगानिस्तान १४९ रनले पराजित

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भएको खेलमा न्युजिल्यान्डसँग अफगानिस्तान १४९ रनले पराजित भएको छ ।
भारतको चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अफगानिस्तानलाई २ सय ८९ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पच्छ्याउने क्रममा अफगानिस्तान ३४ ओभर ४ बलमा १३९ रन बनाएर अलआउट भयो ।
अफगानिस्तानका लागि सबैभन्दा बढी रहमत शाहले ३६ रन बनाए । त्यस्तै अजमतुल्लाह ओमजाइले २७, रहमतुल्लाह गुरवाजले ११, इब्राहिम जर्दानले १४ र इक्राम अलिखिलले १९ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा समेट्न लक्की फर्गुसन र मिचेल सान्टनरले ३, ३ विकेट लिए । त्यस्तै ट्रेन बोल्टले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ तथा टम लाथमले ६८ र विल योङले ५४ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र अजमतुल्लाह ओमरजाईले २, २ विकेट लिए ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया