उपेक्षा भएको द्वन्द्वपीडित महिलाको गुनासो

काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यबाट घोषणा भएका राहत, परिपूरण र पुनःस्थापनाका कार्यक्रमले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) द्वारा आज आयोजित महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रममा उनीहरूले राज्यको माथिल्लो तहमा रहेकाहरूले आफूहरूका माग र समस्याको सुनुवाइका लागि पटक–पटक धाउँदा पनि ध्यान नदिइएको बताएका हुन् ।
‘द्वन्द्वकालमा राज्य र विद्रोहीको युद्धमा हाम्रा परिवारका सदस्य मारिए । त्यसबेलाको विद्रोही पक्ष अहिले सरकारको नेतृत्वमा छ । हामी सिंहदरबारका मन्त्रालय र सुरक्षा निकायका मुख्यालयमा जाँदा प्रवेशद्वारबाटै अपमानपूर्वक फर्काइन्छ,’ द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघका कार्यक्रम संयोजक रणवीर लावतीले भने ।
कार्यक्रममा नुवाकोटकी विमला रिमालले युद्धकालमा आफ्ना पति नवराज रिजाल प्रहरीमा कार्यरत रहँदादेखि हालसम्म बेपत्ता रहेको र आफूले साना दुई सन्तानलाई काठमाडौँमा खलासीगरेर र पछि ट्याम्पु चलाएर हुर्काउँदा राज्य र समाजबाट कुनै सहयोग नपाएको अनुभव सुनाइन् । दोलखाकी जमुना कार्कीले युद्धकै क्रममा श्रीमान् मारिँदा लास बुझ्ने मान्छेसमेत नपाएको र त्यसयता सरकारले बनाएका कानुन र कार्यक्रममा आफूलाई समावेश नगरिएको पीडा सुनाइन् ।
पर्वतकी जुनुमाया श्रेष्ठलेश्रीमान् मारिएको स्थितिमा सरकारले प्रतिबद्धता गरेका सुविधा लिन जाँदा उल्टै पीडित हुनुपरेको बताइन् । अछामका धीरेन्द्र भण्डारीले द्वन्द्वकालका घाइते, अपाङ्गता, सहिद र बेपत्ता परिवारलाई उपचारलगायतको सुविधा दिन सरकारसँग राखिएका सात बुँदे मागको सम्बोधन नभएको बताइन् ।
कार्यक्रममा अधिवक्ता जीवन शर्माले द्वन्द्वबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने भएकाले सबै राष्ट्रमा मानवअधिकारको संरक्षण र शान्ति स्थापनाका लागि राष्ट्रसंघबाट पारित प्रस्तावको प्रगति विवरण सरकारले दिनुपर्ने उल्लेख गरे । नेपाल सरकारबाट पारित कार्ययोजना कार्यान्वयनका लागि नागरिक समाजबाट आवाज उठाइनुपर्ने उनको भनाइ थियो ।
एकल महिला व्यवस्थापक राजीन रायमाझीले सरकारबाट निर्मित दोस्रो कार्ययोजनालाई स्थानीयकरण गरी स्थानीय तहमार्फत राहत, परिपूरण र पुनःस्थापनाका लागि नागरिक समाज र सञ्चार क्षेत्रले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।










निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया