उपत्यकाका नाका-नाकामा गाँउ फर्कनेको भिड

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट गाउँ घर फर्कनेको उपत्यकाका नाका नाकामा भिड बढेको छ । बुधबार र बिहीबारको तुलनामा शुक्रबार घर फर्कनेको भिड झन् धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
कर्लंकी, बालाजु, बल्खु, कोटेश्वरलगायतका नाकामा बिहानैदेखि यात्रुको घुइँचो छ । आज शुक्रबार र भोलि शनिबारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् ।
पछिल्ला दुई तीनयता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाडौँ छाडेको ट्राफिक प्रहरीले जनाएको छ ।
घर जानेहरूको सङ्ख्या बढ्न थालेपछि उपत्यकाबाट बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।
दशैँका लागि गाउँ घर जाने यात्रुले मुस्किलले टिकट पाएका छन् भने सडकको अवस्थाका कारण यात्रा पनि कष्टकर बनेको छ । गाडीको चापका कारण जाम हुने समस्या एकातिर छ भने अर्कातिर खाल्डाखुल्डी र बिग्रिएका सडकका कारण यात्रा निकै कष्टकर बनेको यात्रुको गुनासो छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया