मंगलबार, चैत १७, २०८२

हङकङविरूद्ध नेपालले तेस्रो विकेट गुमायाे

मेरोन्यूज २०८० कार्तिक ४ गते ११:४७

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले तेस्रो विकेट गुमाएको हो ।

नेपालको तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका हुन् । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा २० रन बनाउँदै पेभेलियन फर्किएका हुन् । हङ्कङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए ।

यसअघि दोस्रो विकेटका रुपमा सोमपाल कामी १२ बलमा ८ रन बनाएर आउट भएका थिए ।

यस्तै नेपालले पहिलो विकेका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल दोस्रो ओभरमा दुई रन बनाएर आउट भएका थिए।

नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ४० रन बनाएको छ ।

प्रतिक्रिया