९६ प्रतिशत किसान बीमा पहुँच बाहिरै

काठमाडौं । कृषि बीमामा किसानको पहुँच न्यून रहेको पाइएको छ । सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ ।
गत महिना सार्वजनिक २०७८ को सातौं गणनाको नतिजाअनुसार देशभरका एक लाख ८२ हजार ४ सय किसान मात्रै हालसम्म बीमाको पहुँचमा छन् । जुन कुल कृषक परिवार संख्याको ४ प्रतिशत मात्रै हो । अर्थात ३९ लाख ४८ हजार ३ सय किसान परिवार अझै बीमाको पहुँचबाट टाढै छन् ।
तथ्याङ्कअनुसार बीमाको पहुँचमा रहेका मध्ये पनि ८४ प्रतिशत किसानहरुले पशुपन्छीका लागि मात्रै बीमा गरेको बताएका छन् ।खाद्यन्न बालीका लागि १४ हजार, तरकारी बालका लागि ५ हजार ८ सय, फलफूल बालीका लागि ५ हजार २ सय र पन्छी पालनका लागि ९ हजार ६ सय किसानले बीमा गरेका छन् ।
यस्तै,पशुपालनका लागि एक लाख ५४ हजार किसानले बीमा गराएका छन् भने माछा पालन गर्ने ४ हजार ३ सय किसान मात्रै बीमाको पहुँचमा छन् ।
















ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया