विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलाे जित

काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले पहिलो जित निकालेको छ । सदीरा समिराविक्रमाको अविजित ९१ रनको मद्दतमा श्रीलंकाले नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको हो ।
भारतको खनउनमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवाति प्रदर्शन खराब रह्यो । ५६ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका पथुम निसांका पनि तेस्रो विकेटका लागि ५४ रनमा आउट भए । यसबेला टिमको स्कोर १०४ थियो । त्यसपछि क्रिजमा आएका सदीराले पारी सम्हाले ।
सदीराले चौथो विकेटका लागि चरिथा असलंकासँग ७७ र पाँचौं विकेटका लागि धनन्जय डि सिल्भासँग ७६ रनको साझेदारी गरे । उनी ९१ रनमा अविजित रहे । त्यस्तै दुशान हेमन्था ४ रनमा नटआउट रहे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि एंगलब्रेक्टले ७० र भान बेकले ५९ रन बनाए ।
















कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया