विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायमै, न्युजिल्याण्ड ४ विकेटले पराजित

काठमाडौं। विश्वकप २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले आइतबार न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यससँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो । न्युजिल्याण्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ ।
विश्वकप २०२३ मा भारतको यो लगातार पाँचौं जित हो । प्रतियोगितामा न्युजिल्याण्डको अपराजित यात्रामा भने विराम लागेको छ । उसले यसअघिका चार खेलमा जित हासिल गरेको थियो ।
पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ७४ रनको लक्ष्य भारतसामु राखेको थियो । लक्ष्य पछ्याउने क्रममा भारतका लागि विराट कोहलीले उत्कृष्ट ९५ रन बनाए । जसको मद्दतले ४८ ओभरमा ६ विकेट गुमाएर भारतले विजयी रन बटुल्यो ।
शतक लगाउनबाट चुकेका कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । रविन्द्र जडेजाले नटआउट रहेर ३९ रन बनाए । कप्तान रोहित शर्माले ४६ रन बनाएर जितको आधार तयार पारेका थिए । न्युजिल्याण्डका लागि बलिङतर्फ लोकी फर्गुसनले २ विकेट लिएका थिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले समान १(१ विकेट लिएका थिए ।
न्युजिल्याण्डले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । उसका लागि ड्यारल मिचेलले १ सय ३० रनको सानदार इनिङ्स खेले । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै रचिन रविन्द्रले ७५ रनको योगदान दिए ।
















हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया