बिहीबार, चैत १९, २०८२

यू–१९ प्रिमियर कप : टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० कार्तिक ७ गते ७:३३

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मलेसियाको बायोमास ओभलमा हुन लागेको खेलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल र दिपक बोहोरा रहेका छन् ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

प्रतिक्रिया