दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री लि साङ्फु बर्खास्त
मेरोन्यूज
२०८० कार्तिक ८ गते ७:३८

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ ।
लिलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन । उनी दुई महिनादेखि सार्वजनिकरूपमा देखिएका थिएनन् ।
चिनियाँ सरकारी च्यानल सीसीटीभीले बर्खास्तीको समाचार सार्वजनिक गरेको छ ।
यसअघि पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवै जनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो । उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।
सम्बन्धित
















रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया