बंगलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित
मेरोन्यूज
२०८० कार्तिक ८ गते ७:५६

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध १४९ रनको सहज जित निकालेको छ ।
मंगलबार वान्खडे रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सक्यो ।
बंगलादेशका लागि महमुल्लाहले १११ बलमा १११ रन बनाए । त्यसबाहेक कोही पनि चल्न सकेनन् । दोस्रो उच्च योगफल २२ रन लिटन दासले बनाए ।
टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३८२ रन बनाएको थियो ।
दक्षिण अफ्रिका लागि क्विन्टन डी ककले १७४ रन बनाएका थिए । यसबाहेक हेइन्रिक क्लासेनले ९० र कप्तान आइडेन मार्करमले ६० रनको योगदान गरेका थिए ।
जितसँगै पाँच खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया