एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।
‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउँछन् ।
उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो । समुद्री सतहदेखि दुई सय सय मिटरदेखि एक हजार छ सय मिटर उचाइमा खेती गर्न सकिने छ । उक्त खेतीका लागि सुहाउँदो हावापानी तनहुँमा छ ।
गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गर्नाका साथै बाहिरबाट थप दुई हजार बिरुवा ल्याएर चार हजार बिरुवा कृषकहरूलाई वितरण गरेको केन्द्रका सूचना अधिकारी किरण परियार जानकारी दिन्छन् । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ ।
बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन्। स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनले भनाइ छ ।
एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रुपमा लिइन्छ ।
उक्त फल बजारमा थोक प्रतिकिलो रु दुई सय र खुद्रा प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेका छन्।
कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने उक्त केन्द्रले जनाएको छ ।















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया