त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तरगत फाइनल खेलमा आज नेपालले यूएईविरुद्ध खेल्दैछ ।
त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुनुअघि भएको टस यूएईले जित्दै फिल्डिङ रोजेको छ। नेपालले भने टस हारेर ब्याटिङको निम्तो पाएको हो।
सिरिजको उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।
डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।
यूएई र हङकङले समान एकरएक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया