मुगुमा एकै परिवारका चारजनाको शव फेला
मेरोन्यूज
२०८० कार्तिक १० गते १४:२४

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।
मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको हाे । मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहर रहेका छन् ।
प्रहरीले उनीहरकाे हत्या भएकाे अनुमान गरेकाे छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको बुझिएको छ ।
कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाकाे टाेलिले घटनाबारे अनुसन्धान सुरु गरेकाे गरेकाे छ ।
सम्बन्धित















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया