नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ।
उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।
यूएईका लागि कप्तान मोहम्मद वसिमले सर्वाधिक ४५ रन बनाए । वसिमले २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाएका थिए । यस्तै आरयस शर्माले २५, अरविन्द्रले २६ रन जाेडे ।
नेपालका गुल्सन झा र अभिनाष बोहराले समान २-२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । यस्तै करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ रन जाेडे।
यूएईका आयन खानले ३, अली नसिर र जहुर खानले समान २-२ विकेट लिए ।
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया