नामिवियामा एक सयभन्दा बढी जङ्गली भैंसीको डुबेर मृत्यु

सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको छ ।
नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसीको डुबेर मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए ।
उनले भने, “हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन् । उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए ।
चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए ।
चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।
अफ्रिकी जङ्गली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया