आइतबार, माघ २५, २०८२

डोटीमा नवजात शिशुको शव फेला

मेरोन्यूज २०८० कार्तिक ११ गते १३:४६

डोटी । डोटीमा एक नवजात शिशुको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका–६ तीलतालीस्थित सेती नदीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो।

बिहीबार साँझ ५ बजेको समयमा ८/९ महिनाको जस्तो देखीने नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको र उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया