विश्वकप क्रिकेट
रोमाञ्चक खेलमा अष्ट्रेलियासँग न्यूजिल्याण्ड ५ रनले पराजित

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियासँग ५ रनको हार व्यहोरेको छ ।
शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।
न्यूजिल्याण्डका जेम्स निसमले आक्रामक पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो ।
अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।
जितसंगै अष्ट्रेलियाको ६ खेलबाट ८ अंक भएको छ भने न्यूजिल्याण्डको पनि ८ अंक रहेको छ । यस्तै पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ ।
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया