आइतबार, माघ २५, २०८२

बारामा प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या आरोपमा एक जना पक्राउ

मेरोन्यूज २०८० कार्तिक १३ गते १८:११

धनुषा । बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

एसपी काफ्लेले कलैयाबाट आरोपी पक्राउ गरिएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाउन नमिल्ने उनको भनाइ छ ।

३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया