आइतबार, माघ २५, २०८२

नागरिकता कीर्ते गर्ने नेपाली पक्राउ

मेरोन्यूज २०८० कार्तिक १३ गते २१:१८

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ का सुजन भन्ने ओमबहादुर नेपाली नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहयोगमा सन्धिखर्कबाट आइतबार पक्राउ गरिएको हो । नेपालीलाई कीर्तेसम्बन्धी कसुर र नागरिकतासम्बन्धी कसुर मुद्दामा २०७९ पुस १८ गते गुल्मी जिल्ला अदालतबाट दुई वर्ष कैद र १५ हजार पाँच सय ५० जरिवाना तोकिएको थियो ।

अदालतको फैसलापछि नेपाली फरार थिए । फरार नेपालीलाई खोजतलास गर्ने क्रममा सन्धिखर्कबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपालीलाई गुल्मी जिल्ला अदालतमार्फत जिल्ला कारागार गुल्मी चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ परेका नेपालीले अब दुई वर्ष गुल्मी कारागारमा कैद भुक्तानसहित १५ हजार पाँच सय ५० जरिवाना तिर्नु पर्नेछ ।

प्रतिक्रिया