मेसीले जिते यस बर्षको बालोन डे’अर अवार्ड
मेरोन्यूज
२०८० कार्तिक १४ गते ७:३६

काठमाडौँ । लियोनेल मेसीले यस बर्षको बालोन डे’अर अवार्ड जितेका छन् । फ्रेन्च फुटबलले हरेक बर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डे’अर अवार्ड मेसीले सबैभन्दा बढी आठौँ पटक जितेका हुन् ।
गएराती पेरिसमा सम्पन्न कार्यक्रममा मेसीलाई सो अवार्ड दिइएको हो । अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए । उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन् ।
मेसीले बालोन डे’अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया