जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

गण्डकी । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए। जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख गरे ।
विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पु¥याइरहेको बताए ।
धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे ।
नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए।
महासचिव गुटेरेस भ्रमण दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहित आधार शिवर पुगेका थिए ।










थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया