बारामा प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेको प्रहरीले बताएको छ । तीमध्य पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई बारा प्रहरी प्रमुख उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।
मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भारतमा फरार रहेको काफ्लेले बताए । काफलेले सर्राफ हत्या प्रकरण रिसइवीका कारण हुन पुगेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।
‘ घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, उपरीक्षक काफ्लेले भने, ‘घटना महिलासँगको सम्बन्धको रिसइवीमा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया